scheduleबिहिवार श्रावण १४ गते, २०७८

यी हुन् इन्स्टाग्राममा धेरै फलोअर भएका चर्चित १० सेलिब्रिटीहरु

काठमाडौं, ८ जेष्ठ । इन्स्टाग्राम लगायतका सामाजिक सञ्जालमा आम मानिसदेखि चर्चित सेलिब्रिटीसम्मले आफ्नो तस्बिर पोष्ट गर्छन् । कैयौं सेलिब्रिटीका करोडौं फ्यान छन् । उनीहरुलाई इन्स्टाग्राम लगायतका सामाजिक सञ्जालमा समेत लाखौंले फलो गरेका हुन्छन् ।

इन्स्टाग्रामको कुरा गर्दा सबैभन्दा धेरै फलोअर इन्स्टाग्रामकै छन् । इन्स्टाग्राका ३८ करोड ७० लाख फलोअर छन् । यसबाहेक, सबैभन्दा धेरै फलोअर भएका १० जना सेलिब्रिटीहरु निम्न छन्:

१. क्रिश्चियानो रोनाल्डो

फुटबल जगतमा चर्चित नाम हो- क्रिश्चियानो रोनाल्डो । रोनाल्डोका करोडौं फ्यान छन् । रोनाल्डोको लोकप्रियता कति छ भन्ने कुरा उनको इन्स्टाग्रामको फलोअरको संख्याले पनि प्रस्ट पार्छ । इन्स्टाग्राममा उनका २८ करोड ८० लाख फलोअर छन् । रोनाल्डोले इन्स्टाग्राममा प्राय: आफ्नो परिवार र फुटबलसम्बन्धी तस्बिर शेयर गर्छन् ।

२. ड्वेन जोनसन

‘द रक’ को नामले समेत धेरैले चिन्ने ड्वेन जोनसन हलिउडका अभिनेता हुन् । उनलाई अहिलेसम्मकै एक महान कुस्तिबाज (wrestler) पनि मानिन्छ । ‘द स्कोर्पिइन किङ्ग’, ‘द रनडाउन’, ‘बि कुल’ जस्ता चर्चित फिल्ममा अभिनय गरेका रकलाई इन्स्टाग्राममा २३ करोड ८० लाखले फलो गरेका छन् ।

३. एरियाना ग्रान्डे

इन्स्टाग्राममा सबैभन्दा धेरै फलोअर भएका व्यक्तिको सूचीमा चर्चित अमेरिकी गायिका एरियाना ग्रान्डे तेस्रो स्थानमा छन् । इन्स्टाग्राममा एरियानाका २३ करोड ६० लाख फलोअर छन् । उनले प्राय: आफ्नो एकल फोटो इन्स्टाग्राममा शेयर गर्छिन् ।

४. काइली जेनर

इन्स्टाग्राममा निकै लोकप्रिय व्यक्तिमध्ये अमेरिकी मिडिया परसनालिटी, सोशलाइट, मोडेल तथा महिला व्यवसायी काइली जेनर पनि पर्छिन् । इन्स्टाग्राममा उनका २३ करोड ४० लाख फलोअर छन् । उनले प्राय: निजी जीवनसम्बन्धी तस्बिर शेयर गर्छिन् ।

५. सेलेना गोमेज

अमेरिकी गायिका एवं अभिनेत्री सेलना गोमेज इन्स्टाग्राममा सबैभन्दा धेरै फलो गरिएका सेलिब्रिटीको सूचीमा पाँचौ स्थानमा छन् । इन्स्टाग्राममा उनका २२ करोड ९० लाख फलोअर छन् ।

६. किम कर्दाशियन

किम संसारकै एक चर्चित सेलिब्रिटी हुन् । उनी सामाजिक सञ्जालमा निकै सक्रिय देखिन्छिन् । उनी काइली जेनरकी दिदी समेत हुन् । इन्स्टाग्राममा उनका २२ करोड २० फलोअर छन् । उनले निजी जीवनसम्बन्धी तथा पुराना पारिवारिक तस्बिर शेयर गर्छिन् ।

७. लियोनल मेसी

अर्जेन्टिनाका चर्चित फुटबल खेलाडी लियोनल मेसीलाई नचिन्ने मानिस कमै होलान । उनी इन्स्टाग्राममा पनि निकै लोक प्रिय छन् । इन्स्टाग्राममा मेसीलाई २० करोड ८० लाखले फलो गरेका छन् ।

८. बियोन्से नलेस

अमेरिकी गायिका, गीतकार तथा अभिनेत्री बियोन्से कला क्षेत्रमा मात्रै लोकप्रिय छैनन् । सामाजिक सञ्जालमा पनि लोकप्रिय छन् । इन्स्टाग्राममा उनका १७ करोड ९० लाख फलोअर्स छन् ।

९. जस्टिन बीबर

पप संगीतको क्षेत्रका चर्चित गायक जस्टिन बीबरलाई इन्स्टाग्राममा १७ करोड ६० लाखले फलो गरेका छन् । क्यानाडामा जन्मेका बीवरले १६ वर्षको उमेरमा गाएको ‘बेबी’ ले संगीत क्षेत्रमा तहल्का मच्चाएको थियो ।

१०.केन्डल जेनर

अमेरिकी मोडेल, सोशलाइट, मिडिया परसनालिटी केन्डल जेनरलाई १६ करोड ५० लाखले फलो गरेका छन् ।

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय