scheduleबुधवार आश्विन ६ गते, २०७८

कांग्रेस पदाधिकारी बैठक बूढानीलकण्ठमा

काठमाडौं, १२ जेठ । नेपाली कांग्रेसले पदाधिकारी बैठक बोलाएको छ । बुधबार बिहान ९ बजे सभापति शेरबहादुर देउवाको निवास बूढानीलकण्ठमा बैठक बोलाइएको पार्टीका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिएका छन् ।

पौडेलका अनुसार बैठकमा मुलुकको पछिल्लो राजनीतिक घटनाक्रमबारे छलफल हुनेछ । सर्वोच्च अदालतमा दर्ता भएको मुद्दा तथा आगामी रणनीतिबारे बैठकमा छलफल हुने ।

पौठेर्लका अनुसार बैठकमा पार्टीको आसन्न १४औं महाधिवेशनबारे समेत छलफल हुनेछ । बैठकमा पार्टी सभामपतिले मंगलबार विपक्षी गठबन्धनको भएका छलफलबारे पनि जानकारी दिनेछन् ।

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय