scheduleशुक्रवार आश्विन १ गते, २०७८

मोदी सरकारको नयाँ डिजिटल नियमविरुद्ध ह्वाट्सएप, अदालतसँग खारेज गर्न अपील

एजेन्सी, १२ जेष्ठ । भारतमा आजदेखि नयाँ सामाजिक सञ्जाल निर्देशिका (Social Media Guidelines) लागू भएको छ । मोदी सरकारले फेब्रुअरी २५ तारिखमा घोषणा गरेको नयाँ डिजिटल निर्देशिका आजदेखि लागू भएको हो ।

सामाजिक सञ्जालसम्बन्धी नयाँ निर्देशिका अनुसार अबदेखि ट्विटर, फेसबुक, इन्स्टाग्राम तथा ह्वाट्सएप जस्ता सोसल मिडिया प्ल्याटफर्मले प्रमुख अनुपालन अधिकारी (chief compliance officer), सम्पर्क व्यक्ति (nodal contact person) र गुनासो अधिकारी (resident grievance officer) नियुक्त गर्नुपर्छ ।

फेसबुक र गुगलले नयाँ निर्देशिका पालना गर्ने बताएका छन् । तर ह्वाट्सएप भने सरकारले ल्याएको निर्देशिका गैरसंवैधाधिक भएको भन्दै दिल्लीस्थित उच्च अदालतसमक्ष पुगेकोछ । नयाँ निर्देशिकाका कारण प्रयोगकर्ताको गोप्यता खतरामा पर्ने भएकाले ह्वाट्सएपले अदालतसमक्ष यसलाई खारेज गर्न अपील गरेको समाचारमा उल्लेख गरिएको छ ।

रोइटर्सका अनुसार ह्वाट्सएप सामाजिक सञ्जालसम्बन्धी नयाँ निर्देशिकाविरुद्ध उभिएको छ । सबैभन्दा पहिला पोष्ट गर्ने प्रयोगकर्ताबारे जानकारी सोधिएको अवस्थामा सम्बन्धित सामाजिक सञ्जाल कम्पनीले बताउनुपर्ने निर्देशिकाको व्यवस्थाबाट ह्वाट्सएप बढी प्रभावित भएको समाचारमा उल्लेख छ ।

सबै म्यासेजको फिंगरप्रिन्ट ह्वाट्सएपसँग हुने भएकाले प्रयोगकर्ताको च्याट निगरानी गर्नु भनेको प्रयोगकर्ताको गोप्यता भंग गर्नु भएको ह्वाट्सएपका एक प्रवक्तालाई उदृत गर्दै भारतीय मिडियाले लेखेका छन् ।

नयाँ निर्देशिकामा ह्वाट्सएपलाई गलत पोस्टबारे जानकारी दिन भनिएको छ । तर प्ल्याटफर्ममा हरेक म्यासेज end-to-end encrypted हुने भएका यस्तो जानकारी दिन नसकिने ह्वाट्सएपको भनाइ छ ।

यही एन्क्रिप्शन सिस्टमका कारण कुनै पनि म्यासेजलाई ह्वाट्सएप वा अन्य कुनै तेस्रो व्यक्तिले पढ्न सक्दैनन् । उक्त नियम लागू गर्नका लागि सन्देश पठाउन र प्राप्त गर्ने दुबै व्यक्तिको एन्क्रिप्शन तोड्नुपर्ने हुन्छ ।

भारतभर ह्वाट्सएपका झण्डै ४०० मिलियन प्रयोगकर्ता छन् । यही भएर पनि नयाँ नियम पालना गर्न नसकिने कम्पनीको भनाइ छ ।

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय