scheduleशुक्रवार आश्विन १ गते, २०७८

माइतिघरमा प्रदर्शन- ‘गरीबलाई रोक्न गस्ती छ, शासकलाई भने मस्ती छ’

काठमाडाैं, १३ जेठ । कोरोना नियन्त्रणका लागि सरकारले चालेको कदम आम जनतामुखी हुन नसकेको भन्दै नागरिक समूह, बुद्धिजिवि र युवाहरुले बिहीबार पनि काठमाडौंमा प्रर्दशन गरेका छन् । काठमाडौंको माइतिघरमा भेला भएर उनीहरुले सरकारलाइ जनमुखि बनाउन र संविधानविपरिको काम सच्चाउन भन्दै प्रदर्शन गरेका हुन् ।

कोरोना महामारीमा जनतालाई शास्ती भएको र नेतालाई मस्ती भएको, निषेधाज्ञा अति भो, लोकतन्त्र खति भो, गरीबलाई रोक्न गस्ती छ, शासकलाई भने मस्ती छ लगायतका प्लेकार्ड बोकेका उनीहरुले सरकारले जनमुखी काम गर्ने प्रतिवद्धता नजनाएसम्म विभिन्न प्रकारका रचनात्मक विरोधको कार्यक्रम गर्ने बताए ।

प्रदर्शनमा सहभागीहरुले नागरिकलाई सहज स्वास्थ्य सेवा दिन र कोरोना विरुद्धको खोप उपलब्ध गराउन माग गरेका छन् ।

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय