scheduleमगलवार आषाढ़ १ गते, २०७८

भेरी अस्पतालका स्वास्थ्यकर्मीमाथि भएको आक्रमणको अध्ययन गर्न समिति गठन

काठमाडौं, १४ जेठ । नेपालगन्जस्थित भेरी अस्पतालका स्वासथ्यकर्मीमाथि गएराति भएको आक्रमणको जाँचबुझका लागि समिति गठन गरिएको छ । बाँकेका कोरोना अस्पतालहरूको व्यवस्थापन प्रमुख नरेश श्रेष्ठका अनुसार सहायक प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा समिति गठन गरिएको छ ।

यो समितिमा बिभिन्न पेशागत संगठनका प्रतिनिभि पनि सहभागी छन् । श्रेष्ठका अनुसार बिरामीको उपचारमा भने कुनै समस्या भएको छैन । दाङको तुल्सीपुर उपमहानगरपालिका– ११ का ५१ वर्षीय डिल्लीबहादुर रावतको मृत्यु भएपछि आफन्तले गएराति स्वास्थ्यकर्मीमाथि हातपात गर्नुका साथै अस्पतालमा तोडफोड गरेका थिए ।

आक्रमणबाट दुई चिकित्सक र केही नर्स घाइते भएका छन् ।

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय