scheduleबुधवार आश्विन ६ गते, २०७८

पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा अक्सिजन अभावमा ८ कोरोना संक्रमितको मृत्यु

पोखरा, १४ जेठ । अक्सिजनको अभावमा पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा बिहीबार राति ८ जना बिरामीको ज्यान गएको छ । ज्यान गुमाउनेमा एक सुत्केरी महिला पनि रहेको अस्पतालले जनाउको छ ।

ज्यान गुमाउनेहरु सबै भर्ना भएका कोरोना संक्रमित रहेका अस्पतालले जनाएको छ । उद्योगबाट अक्सिजन आउन आधा घण्टा ढिला हुँदा बिरामीलाई हाई फ्लोमा अक्सिजन दिन नसकिएको र उनीहरुले ज्यान गुमाएको अस्पताल प्रशासनले स्पष्ट पारेको हो ।

अक्सिजन अभावमा प्रतिमिनेट ६० देखि ८० लिटर अक्सिजन चाहिनेमा त्यो उपलब्ध हुन नसकेको हो ।

अस्पताल प्रशासनका अनुसार मृत्यु हुनेहरुमा तनहुँका ३, कास्कीका २, पर्वत, म्याग्दी र स्याङ्जाका १–१ जना रहेका छन् । एक जना डायलसिस गराइरहेका मिर्गौला रोगी, कलेजोसम्बन्धी रोग भएका एक जना र मधुमेहका एक जना रोगीले पनि अक्सिजन अभावमा ज्यान गुमाएका छन् ।

विहीबार दिउँसो ३० मिनेटजति विद्युत आपूर्ति नहुँदा ४५ मिनेट उत्पादनमा अवरोध आएकोले ग्यास अभाव भएको पोखरा अक्सिजन ग्यास प्रालिले जनाएको छ ।

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय