scheduleशुक्रवार आश्विन १ गते, २०७८

८ जिल्लामा राष्ट्रपति र प्रधानमन्त्रीको पुत्ला जलाउँदै जसपा

जनकपुरधाम, १८ जेठ । जनता समाजवादी पार्टी (जसपा) नेपालले प्रदेश नं. २ मा विरोध प्रदर्शन गर्ने भएको छ । पार्टीको अध्यक्ष उपेन्द्र यादव र डा. बाबुराम भट्टराई पक्षधर नेता–कार्यकर्ताले मंगलबार प्रतिनिधिसभा विघटनविरुद्ध प्रदर्शन गर्ने भएको हो ।

उक्त समूहको प्रदेश समितिको निर्णयअनुसार प्रदेशअन्तर्गतका ८ वटै जिल्ला समितिलाई विरोधका कार्यक्रम गर्न भनिएको छ । प्रदेश समिति तथा जिल्ला अध्यक्षहरुको भर्चुअल बैठकबाट विरोध गर्ने निर्णय गरिएको र विरोधका कार्यक्रममा मंगलबार दिउँसो ३ बजे सबै स्थानीय तहका केन्द्रमा राष्ट्रपति तथा प्रधानमन्त्रीको पुत्ला जलाउने, मसाल जुलुस निकाल्नेलगायत प्रदर्शन गरिनेछ ।

यता उक्त पार्टीको महन्थ ठाकुर पक्ष भने केपी ओली नेतृत्वको सरकारमा सहभागी हुने अन्तिम गृहकार्य गरिरहेको छ ।

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय