scheduleबिहिवार श्रावण १४ गते, २०७८

स्वास्थ्य मन्त्रालयले भन्यो- नेपालमा कोरोनाको नयाँ भेरियन्ट पुष्टि भएको छैन

काठमाडौँ, २० जेठ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नेपालमा कोरोनाको नयाँ भेरियन्ट पुष्टि नभएको जनाएको छ । बिहीबार मन्त्रालयले एक विज्ञप्ति जारी गर्दै नेपालमा अल्फा र डेल्टा भेरियन्ट अफ कन्सर्न मात्र रहेको जनाएको हो ।

बेलायती अखबार डेली मेलमा प्रकाशित समाचारमा नेपालमा नयाँ स्वरूपमा भाइरस भेटिएको उल्लेख भएपछि मन्त्रालयले उक्त कुरा स्पष्ट पारेको हो ।

ब्रिटेनको एउटा पत्रिकाले नेपालमा कोरोनाभाइरसको नयाँ भेरिअन्ट देखिएको दाबीसहित समाचार छापेपछि यसको चर्चा चुलिएको हो । डेली मेल पत्रिकाको उक्त खबरको संसारभरी चर्चा भइरहेको छ ।

नेपालमा देखिएको कोरोनाभाइरसको त्यो नयाँ भेरिअन्ट “ब्रिटिशहरूको बिदाका निम्ति खतरनाक हुन सक्ने” सामाचारमा दाबी गरिएको छ।

विश्व स्वास्थ्य सङ्गठन (डब्ल्यूएचओ) ले पनि नेपालमा काेभिड–१९ (काेराेना भाइरस) काे कुनै नयाँ भेरियन्ट भेटिएकाेबारे जानकारी नभएकाे स्पष्ट पारीसकेको छ ।

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय