scheduleबुधवार आषाढ़ २ गते, २०७८

माधव–झलनाथबिनाको एमाले बनाउन ओलीलाई दबाब !

काठमाडौं, २१ जेठ । प्रधानमन्त्री केपी शर्मा ओलीको प्रतिगामी कदमको विरोध गर्दै आएका एमालेका वरिष्ठ नेताद्वय झलनाथ खनाल र माधवकुमार नेपालसहितका केही नेतालाई अब ‘एमाले हूँ’ भन्दै नहिँड्न पार्टीभित्रैबाट चेतावनी दिइएको छ ।

पार्टी अध्यक्ष समेत रहेका प्रधानमन्त्री ओलीको सरकारी निवास बालुवाटारमा पुगेर ओलीनिकट एमाले नेताले यस्तो चेतावनी दिएका हुन् । उनीहरुले अध्यक्ष ओलीलाई अब माधव–झलनाथ बाहेकको एमाले पार्टी बनाउन दबाब समेत दिएको एमाले स्रोतले बतायो ।

ओलीले प्रतिप्रश्‍न गर्दै भने–‘तपाँईहरुले कस्को कुरा गर्नु भएको ? ती रौतहटका माधवजीको कुरा हो भने उनी एमालेमा छैनन्, कारवाही गरेर निकाल्दिसकेँ ।

‘अब एमालेमा माधव–झलनाथ भन्‍ने व्यक्ति वा गुट केही बाँकी छैन’ दबाब दिन पुगेका एक नेताको भनाई थियो–‘माधव–झलनाथहरु अब माओवादीको पुच्छर बनेर प्रचण्डका कार्यकर्ता हुन गइसके ।’

‘एमालेको नेता हूँ भन्दै काँग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाईदिनुस भन्‍न राष्ट्रपति कार्यालय र सर्वोच्च अदालत जानेहरु कसरी एमालेमा अट्न सक्छन ?’ सहभागी एक नेताले ओलीलाई सोधे ।

जवाफमा ओलीले प्रतिप्रश्‍न गर्दै भने–‘तपाँईहरुले कस्को कुरा गर्नु भएको ? ती रौतहटका माधवजीको कुरा हो भने उनी एमालेमा छैनन्, कारवाही गरेर निकाल्दिसकेँ ।’ स्रोतले प्रधानमन्त्रीको भनाई उद्धृत गर्दै भन्यो– तपाईं कोही कमरेड सूचनामा कमजोर हुनुहुन्छ भने अपडेट हुनुहोला हामीसँग एमाले पार्टी छ र नेता कार्यकर्ता छन् झगडियाहरु यहाँ होइन,अदालत तिर पो भेटिन्छन् त ।

पार्टी एकताको कुरा गर्न केही साथीहरुलाई भूलभुलैयामा राखेर माधव नेपालले अझै एमालेमा ‘मान’ र स्पेस खोजेको भन्दै सहभागीले प्रधानमन्त्रीलाई ध्यानाकर्षण समेत गराएको थियो । जवाफमा प्रधानमन्त्रीले वार्ता कमिटीमा भएका साथीहरुलाई ‘एकपटक सम्झाउनुस, गल्ती महसुस गरेर आउँछन् भने उनीहरुको लागि एमालेमा ठाउँ हुन सक्छ । तर,आएपछि फेरि वितण्डा मच्चाउने र एमाले भत्काउनेलाई चाहिँ कुनै छुट हुँदैन भनिदिनुस् ।’ भनेका थिए ।

प्रधानमन्त्रीको सरकारी निवासमा धर्ना बसेरै एमालेबाट माधव–भलनाथ पक्षलाई आउट गर्न मुख्य भूमिका खेल्नेमा उपप्रधानमन्त्री ईश्वर पोख्रेल, लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोख्रेल, पूर्वमन्त्री गोकुल बाँस्कोटा,महेश बस्नेत, प्रधानमन्त्रीका राजनितीक सल्लाहकार विष्णु रिमाललगायत रहेको स्रोतको भनाई छ ।

अर्थमन्त्री विष्णु पौडेल र नेता सुवासचन्द्र नेम्वाङ चाहिँ केही साथीहरुलाई तान्‍न सकिन्छ भने तानौं भन्‍नेमा देखिन्थे ।

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय