scheduleमगलवार आषाढ़ १ गते, २०७८

कर्णाली प्रदेश : कांग्रेसले मन्त्री बन्ने दुई जना सांसदको नाम टुंग्यायो

सुर्खेत, २२ जेठ । नेपाली कांग्रेस कर्णाली प्रदेश संसदीय दलले प्रदेश सरकारमा मन्त्री बन्ने दुई जना सांसदको नाम टुंग्याएको छ। कांग्रेस संसदीय दलको शनिबार बसेको वैठकले सामाजिक विकास मन्त्री र जलस्रोत तथा उर्जा विकास मन्त्री बन्ने २ जना सांसदको नाम टुंग्याएको हो ।

सो बैठकले सामाजिक विकास मन्त्रीमा यज्ञबहादुर विसी र जलस्रोत तथा उर्जा विकास मन्त्रीमा दीनबन्धु श्रेष्ठलाई नियुक्त गरेर सरकारमा सहभागी हुने निर्णय गरेको छ । उनीहरुको नाम नियुक्तिका लागि मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई पठाईसकिएको छ। उनीहरुलाई आज नियुक्त गरेर आइतबार सपथ खुवाउने कार्यक्रम रहेको बताइएको छ ।

कर्णाली प्रदेश सरकारमा माओवादीका मुख्यमन्त्रीसहित ३ जना, एमालेबाट फ्लोर क्रस गरी कारबाहीमा परेका स्वतन्त्र ३ जना र काँग्रेसबाट २ जना मन्त्री हुनेछन् ।

 

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय