scheduleबुधवार आषाढ़ २ गते, २०७८

यार्सागुम्बा संकलनका क्रममा १९ वर्षीय युवकको मृत्यु


दार्चुला, २३ जेठ । यार्सागुम्बा संकलनको क्रममा अपिहिमाल गाउँपालिकाको लोलु क्षेत्रमा भीरबाट लडेर एक विद्यार्थीको मृत्यु भएको छ ।

जिल्लाको नौगाड गाउँपालिका ४ का १९ वर्षीय महेशसिंह धामीको मृत्यु भएको नौगाड गाउँपालिका–४ का अध्यक्ष नन्दनसिंह धामीले जानकारी दिए । यही जेठ पहिलो साता यार्सागुम्बा संकलनका लागि बुबा रघुबीरसिह धामीसँगै लोलु पुगेका थिए । रासस

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय