scheduleबुधवार आश्विन १३ गते, २०७८

ओलीको नयाँ कदमपछि खुमलटार पुगे माधव नेपाल

काठमाडौं, २४ जेठ । नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड निवास खुमलटार पुगेका छन् ।

एमाले अध्यक्ष केपी ओलीले एमाले एकताको लागि ६ बुँदे अपिल जारी गरेपछि विकसित नयाँ घटनाक्रमबारे परामर्श गर्न नेता नेपाल खुमलाटार पुगेको बताइएको छ ।

ओलीले जेठ २ मा फर्कनका लागि प्रतिनिधिसभा विघटनविरुद्ध माओवादी केन्द्रलगायतले सर्वोच्चमा दर्ता गरेको रीट निवेदनमा माधव पक्षका सांसदहरुले हस्ताक्षर फिर्ता लिनुपर्ने माग गरिएको छ ।

नेपाल समूहले आजै स्थायी समितिको बैठक पनि बोलाएको छ ।

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय