scheduleशुक्रवार आश्विन १ गते, २०७८

सिन्ध प्रान्तमा दुईवटा रेल ठोक्कियो, २५ जनाको मृत्यु

इस्लामावाद, २४ जेठ । पाकिस्तानको सिन्ध प्रान्तमा दुईवटा रेल ठोक्किँदा २५ जनाको मृत्यु भएको छ । दुई वटा रेल आपसमा ठोक्किँदा भएको दुर्घटनामा परी कम्तीमा पनि ४० जना घाइते भएका छन् ।

रेडियो पाकिस्तानका अनुसार केहीको अवस्था गम्भीर रहेकाले ज्यान गुमाउनेको सङ्ख्या बढ्न सक्ने अनुमान रहेको बीबीसीले खबर लेखेको छ । रावलपिण्डीबाट कराचीका लागि छुटेको सर सैयद एक्सप्रेस र कराचीबाट सरगोधका लागि छुटेको मिल्लत एक्सप्रेस ठोक्किएका हुन् ।

रेलका डब्बामा फसेकाहरुको उद्धारका लागि उद्धार टोली खटिएको स्थानीय सञ्चारमाध्यमहरुले खबर लेखेका छन् । दुर्घटनामा मिल्लत एक्सप्रेसको आठ र सर सैयद एक्सप्रेसको इन्जिनसमेत गरी तीन वटा डब्बा रेलको लिकबाट उछिट्टिएको छ ।

दुर्घटना भएको रेलको लिकमा अहिले आवतजावतमा रोक लागाइएको छ ।

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय