scheduleबुधवार आश्विन १३ गते, २०७८

ओली आरोपको प्रचण्डद्वारा निन्दा र भर्त्सना

काठमाडौँ, २४ जेठ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्री केपी शर्मा ओलीको आरोपको खण्डन गरेका छन् । ओलीले प्रचण्डका कारण नेकपाको एकता प्रयास विफल भएको बताएका थिए ।

उक्त आरोपको सोमबार प्रचण्डले एक ट्वीट सन्देशमार्फत् खण्डन गरेका हुन् ।

ओलीको अभिव्यक्ति भ्रामक र षड्यन्त्रपूर्ण रहेको पनि दाहालले आरोप लगाएका छन् । ‘प्रधानमन्त्री केपी शर्मा ओलीले प्रचण्डको कारण एकताको प्रयास सफल नभएको भन्ने भनाइ झूट, भ्रामक र षड्यन्त्रपूर्ण छ,’ उनले ट्विट गरेका छन्, ‘त्यस प्रकारको अभिव्यक्तिको घोर निन्दा र भर्त्सना गर्दछु ।’

ओलीले आइतबार पार्टी एकताका लागि सार्वजनिक आह्वान गर्दै दाहालका कारण नेकपा एकता प्रयास टुंगोमा पुग्न नसकेको बताएका थिए । २०७७ फागुन २३ को सर्वोच्च अदालतको फैसलाबमोजिम एकता कायम राख्न आफूले पहल गरेको पनि उनले जनाएका थिए ।

‘पार्टीको प्रथम अध्यक्ष हुनुको नाताले आफैं पहल पनि लिएको हुँ । तर पुष्पकमल दहाल ‘प्रचण्ड’ को अनिच्छाका कारण मेरो प्रयास सफल हुन सकेन,’ ओलीले लेखेका छन्, ‘त्यसपछि मात्रै हामी एकीकरणका पक्षधरहरूको साझा पार्टी, एकताको बिरासत बोकेको पार्टीका रुपमा नेकपा (एमाले) लाई नयाँ स्वरुप र गतिका साथ अगाडि बढाउने निष्कर्षमा पुगेका हौं ।’

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय