scheduleशुक्रवार आश्विन १ गते, २०७८

पूरा हुने भयो जेफ बेजोसको सपना, जुलाईमा अन्तरिक्षको भ्रमण गर्दै

एजेन्सी, २४ जेष्ठ । संसारका सबैभन्दा धनी व्यक्ति जेफ बेजोसले अन्तरिक्षको यात्रा गर्ने भएका छन् । बेजोसले उनकै कम्पनी ब्लु ओरिजिनले निर्माण गरेको न्यु शेपर्ड नामक रकेट जहाज (rocket ship) मार्फत् अन्तरिक्षमा जाने भएका हुन् ।

यही जुलाई २० गते न्यु शेपर्डले पहिलो पटक चालक दलसहित अन्तरिक्षमा उडान गर्ने कार्यतालिका छ । पहिलो उडानमा बेजोस समेत सामेल हुनेछन् । उनले अमेजनको प्रमुख कार्यकारी अधिकृतबाट राजीनामा दिएको १५ पछि अन्तरिक्षको उडान गर्ने अन्तर्राष्ट्रिय समाचार माध्यमले जनाएका छन् ।

न्यु शेपर्डको पहिलो उडानमा जेफका भाइ मार्क बेजोस समेत सामेल हुनेछन् । आफ्ना भाइ सबैभन्दा मिल्ने साथी भएको र भाइसँगको अन्तरिक्ष यात्रा सबैभन्दा साहसिक कार्य हुने जेफले बताएका छन् ।

‘मैले ५ वर्षको हुँदादेखि नै अन्तरिक्षमा यात्रा गर्ने सपना देखेको हुँ’, ५७ वर्षीय बेजोसले इन्स्टाग्राममा भनेका छन्, ‘जुलाई २० गते मेरा भाइसँग उक्त यात्रा गर्दैछु ।’

यदि निर्धारित समय तालिका अनुसार न्यु शेपर्डले उडान भर्‍यो भने जेफ बेजोस रकेटमा यात्रा गर्ने पहिलो अर्बपति बन्ने छन् ।

बेजोसले रकेट निर्माणमा करोडौं डलर खर्च गरिसकेका छन् । सन् २००२ मा बेजोसले ब्लू ओरिजिन स्थापना गरेका थिए । ६ वर्षसम्म गोप्य रुपमा भएको विस्तृत परीक्षणपछि ब्लू ओरिजिनले मे महिनामा न्यु शेपर्डमार्फत् पहिलो पटक अन्तरिक्षमा यात्रु लैजाने घोषणा गरेको थियो ।

ब्लू ओरिजिनले एउटा टिकटको मूल्य अहिलेसम्म तोकेको छैन तर हाल जारी लिलामीका विजेतलाई सिट प्रदान गरिने बताइसकेको छ । सोमबार बिहानसम्म उक्त लिलामीको मूल्य २.८ मिलियन अमेरिकी डलर पुगेको छ ।

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय