scheduleबुधवार आश्विन ६ गते, २०७८

पृथ्वीले विहीबार विश्वासको मत लिने

काठमाडौं, २५ जेठ । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले जेठ २७ गते विहीबार विश्वासको मत लिने भएका छन् । मुख्यमन्त्री गुरुङले यसका लागि विश्वासको मत लिने प्रस्ताव संसद सचिवालयमा दर्ता गराएका हुन् ।

प्रदेश सभामा ठूलो दलको नेताका हैसियतमा उनी वैशाख २९ गते मुख्यमन्त्री नियुक्त भएका थिए । १ महिनाभित्र विश्वासको मत लिनुपर्ने संवैधानिक व्यवस्थालाई पछ्याउँदै उनले २७ गते विश्वासको मत लिने पत्र सचिवालयमा पठाएका प्रदेशसभा सचिव हरिराज पोखरेले जानकारी दिए ।

विश्वासको मत लिनुभन्दा २ दिनअघि संसद सचिवालयमा जानकारी दिनु पर्ने नियम रहेको छ । गण्डकी प्रदेशसभामा प्रदेशसभा सदस्य ६० जना रहेका छन् । त्यसमध्ये गुरुङको पक्षमा २८ मत छ । सरकार जोगाउन ३१ मत चाहिन्छ ।

प्रदेशसभामा विपक्षी गठबन्धनमा कांग्रेस १५, माओवादी १२ (सभामुखसहित), राष्ट्रिय जनमोर्चासँग तीन र जनता समाजवादी पार्टीसँग दुई सांसद छन् । जनमोर्चाका एक सांसदलाई पार्टीले कारबाही गरे पनि सर्वोच्चले पद थमौती गरिदिएको छ ।

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय