scheduleमगलवार आषाढ़ १ गते, २०७८

प्रभु टिभी डिशहोममा गाभियो

काठमाडौं, २५ जेठ । डिशहोम र प्रभु टिभी एक आपसनमा गाभिने निर्णयमा पुगेका छन् । दुई कम्पनी मर्जरपछि डिशहोम ब्राण्डलाई अगाडि बढाउन पनि सहमत भएका छन् ।

डाइरेक्ट टु दी होम (डीटीएच) तथा डिजिटल टेलिभिजन सेवा उपलब्ध गराउँदै आएका यी दुई कम्पनी अहिल सेवा माइग्रेसनको काममा व्यस्त छन् ।

टेलिभिजन सेवासँगै दुवै कम्पनीले गत वर्षबाट इन्टरनेट सेवा पनि उपलब्ध गराउँदै आएका छन् । अब इन्टरनेट सेवा पनि एउटैमा गाभिएपछि डिशहोम इन्टरनेटको रुपमा
उपभोक्ताले सेवा पाउनेछन् ।

डिशहोमका प्रवन्ध निर्देशक सुदिप आचार्यका अनुसार गाभिने निर्णय भइसकेको छ र त्यसका लागि कागजी प्रक्रिया मात्रै बाँकी रहेको छ ।

सेवा माइग्रेसनको काम सुरु भइसकेको र हाल प्रभु टेलिभिजनका झन्डै एक लाख २५ हजार र इन्टरनेटतर्फका १० हजार हाराहारीका ग्राहकहरुको सेवा माइग्रेसनका लागि झण्डै दुई महिना समय लाग्ने आचार्यले जानकारी दिए ।

मर्जरपछि उपभोक्तासँग डिशहोम, आईपीटीभी, केबल टिभी, टेरेस्टियलमा आधारित टिभीमध्ये जुनसुकै माध्यम पनि छनौटको अवसर पाउनेछन् ।

सेवा माइग्रेसन गर्दा सेवाग्राहीले छनोट गर्ने सेवाका आधारमा शुल्क लाग्न पनि उनले जानकारी दिए । उनले भने, ‘यदि पुरानै प्रविधिमा बस्ने हो भने त शुल्क लाग्ने भएन शुल्क लाग्ने ठाउँमा पनि सहुलियतमा सेवा उपलब्ध गराइने छ ।’

मर्जरपछि १ लाख ५० हजार टेलिभिजनका ग्राहक र ३० हजार इन्टरनेट प्रयोगकर्ता पुगेको र कम्पनीले थप सहुलियत दरमा सेवा प्रदान गर्ने तयारी गरिरहेको आचार्यले जानकारी दिए ।

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय