scheduleबुधवार आषाढ़ २ गते, २०७८

मेडभेडेभलाई हराउँदै सिट्सिपास फ्रेन्च ओपनको सेमिफाइनलमा

काठमाडौं, २६ जेठ । विश्‍व नम्बर दुई खेलाडी डानिल मेडभेडेभलाई हराउँदै ग्रीक खेलाडी स्टेफानोस सिट्सिपास फ्रेन्च ओपन टेनिसको सेमिफाइनलमा प्रवेश गरेका छन् ।

पाँचौं वरियताका सिट्सिपासले मेडभेडेभलाई ६-३, ७-६ र ७-५ को सेटमा पराजित गर्दै अन्तिम चारमा स्थान पक्का गरेका हुन् ।

सिट्सिपासले अब फाइनल प्रवेशका लागि अलेक्जेन्डर जेभेरेभसँग प्रतिस्पर्धा गर्नेछन् । जेभेरेभले पनि एलेजान्द्रो डेभिडोविच फोकिनालाई ६-४, ६-१ र ६-१ को सेटमा हराउँदै सेमिफाइनल प्रवेश गरेका थिए ।

त्यसैगरी आज बाँकी दुई क्‍वाटरफाइनल खेलमा राफायल नाडाल र डानियल स्वार्जम्यान तथा नोभाक जोकोभिच र माटियो बेरेटिनीबीच प्रतिस्पर्धा हुँदै छ ।

नाडाल र जोकोभिच आ-आफ्नो खेलमा विजयी भएमा सेमिफाइनलमा आमनेसामने हुँदै छन् । जोकोभिच र नाडाल एकअर्काका लागि चिरपरिचित प्रतिद्वन्द्वी हुन् ।

दुई साताअघि भएको इटालियन ओपनको फाइनलमा नाडालले जोकोभिचलाई हराउँदै उपाधि जितेका थिए ।

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय