scheduleबुधवार आषाढ़ २ गते, २०७८

विश्‍वकप छनौटमा ब्राजिलको लगातार छैटौं जीत, उरुग्वे बराबरीमा रोकियो

काठमाडौं, २६ जेठ । विश्‍वकप फुटबलको दक्षिण अमेरिकी छनौटअन्तर्गत बुधबार विहान भएको खेलमा ब्राजिलले जीत हासिल गरेको छ । लगातार छैंटौं जीत निकाल्‍ने क्रममा ब्राजिलले पाराग्‍वेलाई २-० ले हराएको हो ।

ब्राजिलको जीतमा नेयमार र लुकास पाकेटाले १-१ गोल गरेका थिए । नेयमारले चौथो मिनेटमै गोल गर्दै ब्राजिललाई अग्रता दिलाएका थिए ।

खेल सकिन लाग्दा इन्जुरी समयको तेस्रो मिनेटमा पाकेटाले गोल गर्दै ब्राजिललाई २-० को जीत दिलाए । लगातार छैटौं जीतसहित ब्राजिल ६ खेलबाट १८ अंक जोड्दै तालिकाको शीर्षस्थानमा यथावत् छ । पराजित पाराग्‍वेको ७ अंक छ र छैटौं स्थानमा छ ।

अर्को खेलमा उरुग्वे र भेनेजुएलाले गोलरहित बराबरी खेल्दा पेरुले इक्‍वेडरलाई २-१ ले हराएको छ । उरुग्‍वे ८ अंकिसहित चौथो स्थानमा छ भने पराजयका बाबजुद इक्‍वेडर ९ अंकसहित तेस्रोमा छ । पेरु ४ अंकसहित पुछारमा तथा भेनेजुएला ४ अंकसहित नै पुछारबाट दोस्रोमा छ ।

यो पनि:

विश्‍वकप छनौट: इन्जुरी समयमा गोल व्यहोर्दा अर्जेन्टिना बराबरीमा रोकियो

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय