scheduleबुधवार आषाढ़ २ गते, २०७८

थप ४ हजार ३४४ जना संक्रमित, ५ हजार ७६८ संक्रमणमुक्त

काठमाडाैं, २६ जेठ । बुधबार नेपालमा थप ४ हजार ३४४ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा सो संख्याका कोरोना संक्रमित थपिएका हुन्।

सो अवधिमा १२ हजार ७४ जनाको पिसिआर र ४ हजार ५६८ जनाको एन्टिजेन विधिबाट नमुना परीक्षण भएको थियो ।

यस्तै पछिल्लो २४ घण्टाको अवधिमा ५ हजार ७६८ जना कोरोनाबाट मुक्त भएका छन् भने ८१ जनाको कोरोना संक्रमणका कारण निधन भएको छ ।

यो सँगै देशभर हालसम्म ८ हजार १७९ जना संक्रमितको मृत्यु भएको मन्त्रालयले जनाएको छ।

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय