scheduleमगलवार आषाढ़ १ गते, २०७८

पर्यटनमन्त्री अरगरियाद्वारा विमानस्थल निरीक्षण

काठमाडौं, २६ जेठ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री उमाशंकर अरगरियाले त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलको अनुगमन गरेका छन् ।

बुधबार विमानस्थल पुगेर मन्त्री अरगरियाले विमानस्थलको संरचना र सुधारका लागि भएका प्रयासका बारेमा जानकारी लिएका थिए । त्यस्तै उनले विमानस्थलको रन वे र पार्किङ क्षेत्रको पनि निरीक्षण गरेका थिए ।

विमानस्थलको आगमन र प्रस्थान स्थलका साथै शौचालयलगायत समग्र सरसफाईका बारेमा पनि उनले चासो व्यक्त गरेका थिए । अनुगमनका क्रममा मन्त्री अरगरियाले यात्रुहरुलाई सहज हुने गरी व्यवस्थापनलाई चुस्तदुरुस्त राख्न निर्देशन दिए ।

विमानस्थल पहिलेको भन्दै धेरै नै सुधार भएको भन्दै उनले केही कमिकमजोरीलाई पनि समाधान गर्दै अघि बढ्ने धारणा राखे । उनले सरसफाईका लागि पनि २४ घण्टा नै जनशक्ति व्यवस्थापन गरिने जानकारी दिए ।

उनले विमानस्थलको समग्र सुधार र व्यवस्थापनका लागि मन्त्रालयले कार्ययोजना नै बनाएर अघि बढ्ने जानकारी पनि दिए ।

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय