scheduleबुधवार आषाढ़ २ गते, २०७८

रक्सी बेच्ने कोरोना संक्रमित पक्राउ

काभ्रे, २७ जेठ । काभ्रेपलाञ्चोकको नमोबुद्ध नगरपालिकामा १ सय २० लिटर घरेलु मदिरा नष्ट गरिएको छ । कोरोना संङक्रमित व्यक्तिबाट नै मदिरा बिक्री बितरण भएको पाइएपछी नगरपालिका र प्रहरीको टोलीले उक्त मदिरा बरामद गरि नष्ट गरेको हो ।

नमोबुद्ध नगरपालिका ४ छत्रेपाटीका स्थानीय एक परिवारले बिक्री वितरण गरिरहेको घरेलु मदिरा बुधबार बरामद गरी नष्ट गरिएको र उक्त परिवारका सदस्यहरु कोरोना संङक्रमित रहेको नमोबुद्ध नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत राजन पौडेलले जानकारी दिए ।

कोरोना संङक्रमित हुँदाहुँदै घरेलु मदिरा बिक्री गरिरहेको सूचनाको आधारमा नमोबुद्ध नगरपालिका, वडा कार्यालय र प्रहरीचौकी भकुण्डेको टोली अनुगमनमा गई मदिरा बरामद गरी नष्ट गरेको प्रमुख प्रशासकीय अधिकृत पौडेलले जानकारी दिए ।

नगरपालिकाका विभिन्न स्थानमा निषेधाज्ञाको उल्लंघन गर्दै अवैधरुपमा मदिरा बिक्री वितरण गर्ने गरेको सूचना आएको र त्यसको अनुगमन तीब्र बनाइने नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत पौडेलले जानकारी दिए ।

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय