scheduleबुधवार आषाढ़ २ गते, २०७८

विश्‍वकप छनौटमा दक्षिण कोरियाको फराकिलो जीत

काठमाडौं, २७ जेठ । विश्वकप फुटबलको एसियन छनौटअन्तर्गत गएराति भएको खेलमा दक्षिण कोरियाले फराकिलो जीत हासिल गरेको छ । कोरियाले १० खेलाडीमा सीमित श्रीलंकालाई ५-० गोलअन्तरले हराएको हो ।

कोरियाको जीतमा किम शिन वुकले २ गोल गर्दा लि डोङ ग्योङ, ह्वाङ हि च्यान र जुङ सान बिनले १-१ गोल गरेका थिए ।

खेलको १५औं मिनेटमा शिन वुकले गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए । २२औं मिनेटमा डोङ ग्योङले गोल गर्दै टोलीको अग्रता दोब्बर पारे । ४३औं मिनेटमा शिन वुकले पेनाल्टीमार्फत व्यक्तिगत दोस्रो गोल गर्दै टोलीलाई ३-० ले अघि बढाए ।

५३औं मिनेटमा हि च्यानले गोल गरेपछि कोरिया फराकिलो जीततर्फ अग्रसर बन्यो । ५७औं मिनेटमा श्रीलंकाका असिकुमार रहमानले रातो कार्ड पाएपछि श्रीलंका १० खेलाडीमा सीमित भयो । ७७औं मिनेटमा सान बिनले गोल गर्दै ५-० को जीत सुनिश्चित गरे ।

जीतपछि ५ खेलबाट १३ अंक जोडेको कोरिया शीर्षस्थानमा यथावत छ । पराजित श्रीलंका अंकविहीन रहँदै पुछारमा छ ।

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय