scheduleबुधवार आषाढ़ २ गते, २०७८

नाडाल र जोकोभिच फ्रेन्च ओपन टेनिसको सेमिफाइनलमा

काठमाडौं, २७ जेठ । स्पेनिस खेलाडी राफायल नाडाल फ्रेन्च ओपन टेनिसको सेमिफाइनलमा प्रवेश गरेका छन् । बुधबार बेलुका सम्पन्‍न खेलमा अर्जेन्टिनाका डियगो स्‍वार्जम्यानलाई हराउँदै नाडालले अन्तिम ४ को यात्रा तय गरेका हुन् ।

नाडालले स्वार्जम्यानलाई ६-४, ४-६, ६-४ र ६-० को सेटमा पराजित गरेका हुन् । स्वार्जम्यानविरुद्ध नाडालले १४ मध्ये ७ ब्रेक पोइन्ट जितेका थिए भने स्वार्जम्यानले ४ मध्ये ३ ब्रेक पोइन्ट जिते ।

त्यसैगरी गएराति नै भएको अर्को क्‍वाटरफाइनलमा जोकोभिचले पनि जीत निकाल्दै सेमिफाइनलमा पुगेका छन् । जोकोभिचले माटियो बेरेटिनीलाई ६-३, ६-२, ६-७ र ७-५ को सेटमा हराएका हुन् ।

सेमिफाइनलमा अब दुई चिरपरिचित प्रतिद्‍वन्द्वी नाडाल र जोकोभिच नै आमनेसामने हुनेछन् । नाडाल फ्रेन्च ओपनको साविक विजेता समेत् हुन् । अघिल्लो वर्ष फाइनलमा उनले जोकोभिचलाई नै हराएका थिए ।

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय