scheduleबुधवार आषाढ़ २ गते, २०७८

मैत्रीपूर्ण खेलमा पोर्चुगलको सहज जीत, फर्नान्डेसको दुई गोल

काठमाडौं, २७ जेठ । युरोकपअघिको अन्तिम मैत्रीपूर्ण फुटबल खेलमा साविक विजेता पोर्चुगलले फराकिलो जीत हासिल गरेको छ । गएराति भएको खेलमा पोर्चुगलले इजरायललाई ४-० ले हराएको हो ।

पोर्चुगलको जीतमा ब्रुनो फर्नान्डेसले २ गोल गर्दा कप्तान क्रिस्टियानो रोनाल्डो र जोआवो कान्सेलोले १-१ गोल गरेका थिए । दुवै हाफमा दुई-दुई गोल भए ।

खेलको ४२औं मिनेटमा फर्नान्डेसले गोल गर्दै पोर्चुगललाई अग्रता दिलाए । त्यसको दुई मिनेटमै रोनाल्डोले गोल गर्दै टोलीलाई पहिलो हाफमा २-० ले अगाडि राखे ।

बाँकी दुई गोल दोस्रो हाफको अन्त्यमा भएका थिए । ८६औं मिनेटमा कान्सेलोले गोल गरेपछि ३-० ले अघि बढेको पोर्चुगलका लागि इन्जुरी समयको पहिलो मिनेटमा फर्नान्डेसले व्यक्तिगत दोस्रो गोल गर्दै ४-० को जीत दिलाए ।

युरोकप फुटबल भोलि रातिदेखि सुरु हुँदै छ ।

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय