scheduleमगलवार आषाढ़ १ गते, २०७८

पूर्वमहालेखा परीक्षक अधिकारीको निधन

काठमाडौँ, २७ जेठ । पूर्वमहालेखा परीक्षक नरकान्त अधिकारीको १०१ वर्षका उमेरमा आज बिहान आफ्नै निवास लैनचौरमा निधन भएको छ ।

निजामती सेवामा लामो अनुभव हासिल गरेका अधिकारी नेपाल सरकारका अर्थ, रक्षा र कृषि सचिव पनि भएका थिए । उनले नेपालको निजामती प्रशासन र धार्मिक विषयमा पुस्तकहरू पनि लेखेका छन् । उनका दुई छोरा र एक छोरी हुन् ।

वि.सं. २००० सालदेखि निजामती सेवामा प्रवेश गरेर निरन्तर २०४७ सालसम्म राष्ट्रसेवक बनेको झन्डै आधा शताब्दीको समय अधिकृतदेखि मन्त्रालयको सचिव, महालेखा परीक्षक (संवैधानिक अङ्ग प्रमुख) बन्न सफल उनलाई कहिले कतै घुसखोरी, कामचोरी, ढिलासुस्ती एवं अवगालको कलङ्क नटाँसिएको निष्कलङ्क राष्ट्रसेवकको रुपमा चिनिन्थ्यो ।

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय