scheduleशुक्रवार आश्विन १ गते, २०७८

भारतमा कोरोना महामारी यताकै उच्च मृत्यु

काठमाडौं, २७ जेठ । भारतमा कोरोना महामारीबाट एकैदिनमा ज्यान गुमाउनेको संख्याले नयाँ रेकर्ड बनाएको छ । कोरोना महामारी सुरु भए यताकै सबैभन्दा बढी सङ्क्रमितको मृत्यु एकैदिन भएको हो ।

पछिल्लो चौबीस घण्टामा छ हजार १४८ सङ्क्रमितको मृत्यु भएको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन् । पछिल्लो चौबीस घण्टामा ९४ हजार ५२ जना सङ्क्रमित थपिएका समाचार संस्था एएनआईले जनाएको छ ।

थपिएका सङ्क्रमितसँगै भारतमा कोरोनाका कुल सङ्क्रमित दुई करोड ९१ लख ८३ हजार १२१ पुगेको छ । चौबीस घण्टामा एक लाख ५१ ह्जार ३६७ जना कोरोनामुक्त भएका छन् । हालसम्म दुई करोड ७६ लाख ५५ हजार ४९३ सङ्क्रमित निको भएका छन् ।
हाल भारतमा ११ लाख ६७ हजार ९५२ जनामा भाइरसको सङ्क्रमण सक्रिय छ । हालसम्म भारतमा २३ करोड ९० लाख ५८ हजार ६३० जनाले कोरोना बिरुद्धको खोप लगाएका छन् ।

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय