scheduleबुधवार आषाढ़ २ गते, २०७८

दिपक मनाङ्गेलाई भेट्न पोखरा पुगेका लामा प्रहरी नियन्त्रणमा

पोखरा, २७ जेष्ठ । प्रहरीले एक्कासि पोखरा पुगेका गणेश लामालाई नियन्त्रणमा लिएको छ । लामालाई सोधपुछका लागि नियन्त्रणमा लिइएको हो ।

लामा सांसद दीपक मनाङ्गेलाई विपक्षीको पक्षमा मत हाल्नका लागि मनाउन पोखरा गएको बताइन्छ । कतिपयले राजनीतिक चलखेलका लागि उनी पोखरा पुगेको पनि आशंका गरेका छन् ।

डनको पृष्ठभूमि भएका लामा नेपाली कांग्रेसका कार्यकर्ता समेत हुन् । पोखरा आएर उनी लेकसाइडको खहरेस्थित पोखरा बुटिकमा बसेका थिए ।

गण्डकी प्रदेशमा मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङले विश्वास मत लिने क्रममा आज भएको मतदानमा मनाङ्गे अनुपस्थित भएका थिए । उनले बुधबार नै विपक्षीलाई साथ दिने बताएका थिए । त्यसपछि उनी बिहीबार दिनभर सम्पर्कबिहीन भएका थिए ।

विहीबार बसेको प्रदेशसभाको बैठकमा भएको मतदानमा ५८ सांसद उपस्थित रहेकोमा ५७ जना मात्र मतदान प्रक्रियामा सहभागी भए ।

मुख्यमन्त्री गुरुङले २७ मत मात्र प्राप्त गरे । हुन्न भन्ने पक्षमा अर्थात् विपक्षमा ३० मत खसेको थियो । आजको मतदानमा राष्ट्रिय जनमोर्चाका सांसद कृष्ण थापा तटस्थ रहे ।

नेपाली कांग्रेसका १५ जना, नेकपा माओवादी केन्द्रका ११ जना, जनता समाजवादी पार्टीका २ जना र राष्ट्रिय जनमोर्चाका सांसदहरु पियारी थापा र खिमबिक्रम शाहीले भने विपक्षमा मतदान गरेका थिए ।

मुख्यमन्त्री गुरुङ प्रदेशसभाबाट विश्वासको मत प्राप्त गर्न असफल भएसँगै पदमुक्त भएका छन् ।

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय