scheduleशुक्रवार आश्विन १ गते, २०७८

विपक्षी गठबन्धनका नेताहरू बूढानीलकण्ठमा

फाइल फोटो

काठमाडौँ, २७ जेठ । विपक्षी गठबन्धनका नेताहरु नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा निवास बूढानीलकण्ठ पुगेका छन् । विकसित राजनीतिक घटनाक्रमबारे छलफल गर्दै नयाँ रणनीति तय गर्न विहीबार साँझ विपइी दलका नेताहरु देउवा निवास पुगेका हुन् ।

देउवा निवासमा कांग्रेस, माओवादी केन्द्र, एमालेको माधवकुमार नेपाल समूह, जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव समूह र राष्ट्रिय जनमोर्चाका शीर्ष नेता छलफलमा जुटिरहेका छन् ।

माओवादी प्रवक्ता नारायणकाजी श्रेष्ठका अनुसार बैठकमा पछिल्लो राजनीतिक अबस्थाबारे छलफल भइरहेको छ । संसद विघटनविरुद्धको संवैधानिक इजलास, गण्डकी प्रदेशमा नयाँ सरकार निर्माण लगायतका विषयमा छलफल भइरहेको कांग्रेसका एक नेताले जानकारी दिए ।

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय