scheduleबुधवार आषाढ़ २ गते, २०७८

ओलीको कारबाहीमा परेका सांसदलाई पुनर्बहाली गर्न अदालतको आदेश

काठमाडौं, २७ जेठ । कर्णाली प्रदेशमा फ्लार क्रस गर्ने एमालेका चार सांसदहरूको पक्षमा सर्वोच्च अदालतले फैसला गरेको छ । सर्वोच्च अदालतले कर्णाली सरकारलाई विश्वासको मत दिने माधव नेपाल समूहका चार एमाले सांसदलाई पुनर्बहाली गर्न अन्तरिम आदेश दिएको हो ।

एमालेको माधव नेपाल पक्षधर सांसदहरु प्रकाश ज्वाला, अम्मरबहादुर थापा, नन्दसिंह बुढा र कुर्मराज शाहीलाई पार्टीको ह्वीप उल्लंघन गरेको भन्दै बर्खास्त गर्न एमालेले प्रदेश सभालाई पत्र लेखेको थियो । पार्टीको पत्रसँगै उनीहरु पदमुक्त भएका थिए ।

उनीहरुले आफूहरुमाथिको कारवाही बदर गर्न माग गर्दै सर्वोच्चमा रिट हालेका थिए । सर्वोच्चले रिट निवेदनको अन्तिम टुंगो नलागेसम्म निवेदकहरुलाई कर्णाली प्रदेश सभाको सदस्य तथा नेकपा एमाले कर्णाली प्रदेश संसदीय दलको सदस्य पदको हैसियतमा काम गर्न दिन आदेश दिएको छ ।

फ्लोर क्रस गर्ने चार मध्ये तीनजना अहिले मन्त्री पदमा बहाल छन् । यसअघि गण्डकी प्रदेशका सांसद कृष्ण थापाको पक्षमा पनि सर्वोच्चले यस्तै प्रकृतिको फैसला गरेको थियो ।

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय