scheduleबुधवार आषाढ़ २ गते, २०७८

जनताको काममा ढिलासुस्ती र अटेर गर्ने छुट अब कसैलाई हुँदैनः गृहमन्त्री अधिकारी

काठमाडौँ, जेठ २७ । नवनियुक्त गृहमन्त्री खगराज अधिकारीले गृह प्रशासनको सेवालाई चुस्त र प्रभावकारी बनाउन निर्देशन दिएका छन् । गृह मन्त्रालयमा आज पदभार ग्रहणपछि निर्देशन दिँदै मन्त्री अधिकारीले मातहतका निकायले सेवाको प्रकृति अनुसार २४ सै घण्टा सेवा दिनुपर्ने बताए ।

उनले मन्त्रालयमा आएका काम छिटो र छरितो रुपमा सम्पादन गर्न र सेवाग्राहीलाई ढिलासुस्ती नगर्न पनि निर्देशन दिँदै त्यस्ता गतिविधि पाइए कारवाही गर्ने चेतावनीसमेत दिए । गृहमन्त्री अधिकारीको निर्देशन अनुसार आजै ७७ वटै जिल्ला प्रशासन कार्यालयमा परिपत्र गरिएको मन्त्रालयले जनाएको छ ।

उनले चुस्त प्रशासनको प्रत्याभूति दिलाउन मातहतका कर्मचारीलाई निर्देश गरेका छन् । मन्त्री अधिकारीले गृहका कर्मचारी र सुरक्षा निकाय २४सै घण्टा खटिनुपर्ने उल्लेख गर्दै कार्यालयसमय भनेर पन्छिन नहुनेमा जोड दिए ।
उनले शान्तिसुरक्षा सबल बनाउन प्रहरी अधिकारीलाई समेत निर्देशन दिए । नेपालको सीमा सुरक्षा प्रभावकारी बनाउनुपर्नेमा जोड दिँदै मन्त्री अधिकारीले आफ्नो भूमि सुरक्षाको प्रतिबद्धतासमेत जनाए ।

नवनियुक्त गृहमन्त्री खगराज अधिकारीले जनताको काममा ढिलासुस्ती र अटेर गर्ने छुट अब कसैलाई नहुने बताएका छन् ।

उनले जनताको काममा ढिलासुस्ती र अटेर गर्ने छुट अव कसैलाई नहुने बताएका हुन् । उनले गृहबाट फाइल घुमाउने छुट कसैलाई नहुने चेतावनी दिए । उनले जनताको अधिकारलाई कार्यान्वयन गराउन ध्यान केन्द्रति गर्नुपर्ने उल्लेख गरे । उनले भ्रष्टाचारको दुर्गन्ध आए कम्परमाइज नगर्ने स्पष्ट पारे । सरकारले प्रतिनिधिसभाको निर्वाचन तोकिसकेको अवस्थामा निर्वाचनलाई भयरहित बनाउन पनि उनले निर्देशन दिए ।

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय