scheduleमगलवार आषाढ़ १ गते, २०७८

विश्‍वकप एवम् एसियन कप छनौटमा आज नेपालले अस्ट्रेलियाको सामना गर्दै

काठमाडौं, २८ जेठ । सन् २०२२ मा कतारमा हुने विश्‍वकप र २०२३ मा चीनमा हुने एसिया कप फुटबलका लागि भइरहेको एसियाली क्षेत्रको संयुक्त छनोटअन्तर्गत समूह बी का खेलहरु कुवेतमा भइरहेको छ ।

नेपालले कुवेतमा आज आफ्नो अन्तिम खेल अस्ट्रेलियासँग खेल्दैछ । खेल नेपाली समयअनुसार बेलुका पौने १० बजेदेखि सुरु हुनेछ । खेलको कान्तिपुर टेलिभिजनबाट प्रत्यक्ष प्रसारण हुनेछ ।

नेपाल अबदुल्लाह अलमुताइरीको प्रशिक्षण र किरण चेम्जोङको कप्तानीमा युवा खेलाडीको बाहुल्यता रहेको टोलीका साथ मैदानमा उत्रिनेछ । प्रशिक्षक अलमुताइरीले आजको खेलमा अन्य युवा खेलाडीले पनि मौका पाउन सक्ने कुरा बताएका छन् ।

यसअघि भएको भेटमा नेपाल अस्ट्रेलियासँग ५-० ले पराजित भएको थियो । त्यसैगरी छनौटका अन्य खेलहरुमा चाइनिज ताइपेईलाई पराजित गर्दा जोर्डनसँग पराजित भएको थियो ।

नेपालको सन् २०२२ को विश्वकप फुटबलमा छनोट हुने सम्भावना भने सकिइसकेको छ । यद्यपि नेपालको एसियन कपमा छनौट हुने आशा भने जीवितै रहेको छ ।

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय