scheduleमगलवार आषाढ़ १ गते, २०७८

सभामुखको आह्‍वानमा आज सर्वदलीय बैठक बस्दै

काठमाडौं, २८ जेठ । प्रतिनिधिसभाका सभामुख अग्‍निप्रसाद सापकोटाको आह्‍वानमा आज सर्वदलीय बैठक बस्दै छ । प्रतिनिधिसभा विघटनपछि पूर्व सभामुख एव‌म् कानुन व्यवसायीसँग छलफलमा जुटेका सापकोटाले शुक्रबार दिउँसोका लागि बैठक बोलाएका हुन् ।

दिउँसो २ बजे संसद भवनमा रहेको ल्होत्से हलमा बोलाइएको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीलाई पनि बोलाइएको सभामुखको सचिवालयले जनाएको छ ।

८ जेठमा सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधि सभा विघटन गरी कार्तिक २६ र मङ्सिर ३ गतेको लागि चुनावको मिति तय गरेपछि सापकोटाले आगामी कदमको बारेमा परामर्श लिन यस अघि पूर्वसभामुखहरु, कानुन व्यवसायी एवम् राजनीतिक दलका नेताहरुसँग छुट्टाछुट्टै भेट गरेका थिए ।

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय