scheduleमगलवार आषाढ़ १ गते, २०७८

युरोकप फुटबल आजदेखि सुरु हुँदै

काठमाडौं, २८ जेठ । १६औं संस्करणको युरोकप फुटबल प्रतियोगिता आजदेखि सुरु हुँदैछ । सन् २०२० मै हुनुपर्ने तालिका भएपनि कोरोना महामारीका कारण धकेलिएपछि २०२१ मा आयोजना हुन लागेको हो ।

फुटबलको मिनी विश्‍वकप समेत मानिने युरोकपको १६औं संस्करण युरोपका विभिन्‍न देशका ११ शहरमा आयोजना हुँदैछ । प्रतियोगिता सुरु भएको ६० वर्ष पुगेको अवसरमा युरोपका ११ शहरमा आयोजना गर्न लागिएको हो ।

उद्घाटन खेलमा आज राति टर्की र हङ्गेरी खेल्दै छन् । इटालीको रोममा हुने खेल नेपाली समयअनुसार राति पौने १ बजेदेखि सुरु हुनेछ ।

यसअघि सन् २०१६ मा भएको युरोकप फाइनलमा फ्रान्सलाई हराउँदै पोर्चुगलले उपाधि जितेको थियो । यसपटक भने पोर्चुगल र फ्रान्स जर्मनीसँगै एकै समूहमा रहेका छन् ।

जुलाई ११ सम्म खेलिने युरोकपको फाइनल खेल लन्डनस्थित वेम्ब्ले स्टेडियममा हुने तालिका छ ।

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय