scheduleमगलवार आषाढ़ १ गते, २०७८

लामो समयपछि सिंहदरबारमा मन्त्रिपरिषद् बैठक, प्रवक्ताबाहेक अरुलाई सूचना नदिने निर्देशन

काठमाडौं, २८ जेठ । प्रधानमन्त्री केपी शर्मा ओलीले बिस्तारित मन्त्रिपरिषदको बैठक विहीबार साँझ बोलाए । उनले बैठकबाट सूचना तथा सञ्चार प्रविधि मन्त्री नैनकला थापालाई सरकारको प्रवक्ता तोके ।

बिहिबार सिंहदरबारमा बसेको मन्त्रिपरिषद बैठकले नवनियुक्त सञ्चार मन्त्री थापालाई प्रवक्ता तोकेको हो । यसअघि मन्त्रिपरिद बैठक प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बस्दै आएको थियो ।

ओलीले थापासँगै ७ मन्त्री र १ राज्यमन्त्रीलाई बिहिबार नियुक्त गर्दै २५ सदस्यीय मन्त्रीमण्डललाई पूर्णता दिएका थिए ।

लामो समयपछि सिंहदरबारमा बसेको मन्त्रिपरिषद बैठकमा प्रधानमन्त्री ओलीले निर्धक्क भएर काम गर्नसमेत सबै मन्त्रीहरुलाई निर्देशन दिएका छन् ।

साथै उनले प्रवक्ताबाहेक अरूलाई मन्त्रिपरिषदका सूचना नभन्न समेत निर्देशन दिए । बैठकमा उनले मन्त्रीको आचारसंहिताबारे जानकारी गराएका थिए ।

बैठकले सहभागी एक म्नत्रीले ओलीको भनाई उद्धृत गर्दै भने, ‘जनताको काम निर्धक्क भएर इमान्दारपूर्वक गर्नुहोस्। संविधान कानुन र विधिलाई ख्याल गरेर गर्नुहोस् भन्नुभएको छ ।’

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय