scheduleबुधवार आषाढ़ २ गते, २०७८

राष्‍ट्रपति म्याक्रोंलाई झापड हान्‍ने व्यक्तिलाई जेल सजाय सुनाइयो

एजेन्सी, २८ जेठ । फ्रान्सका राष्‍ट्रपति इम्यानुयल म्याक्रोंलाई गालामा झापड हान्‍ने युवकलाई अदालतले चार महिना जेल सजाय सुनाएको छ ।

२८ वर्षीय दामियन तारेलले मंगलबार एक सार्वजनिक समारोहमा राष्ट्रपति म्याक्रोंको गालामा झापड हानेका थिए । लगत्तै सुरक्षाकर्मीले उनलाई पक्राउ गरेका थिए।

भ्यालेन्सको एक अदालतले बिहीबार उनलाई सार्वजनिक पदमा रहेका व्यक्तिविरूद्ध हिंसा गरेको अभियोगमा दोषी ठहर गर्दै जेल सजाय सुनाएको हो ।

सुनुवाइका क्रममा तारेलले आफूलाई म्याक्रोंका कारण फ्रान्स उधो गतितिर गइरहेको लाग्‍ने बताएका छन् । साथीहरूसँग आफूले म्याक्रोंलाई अन्डा र क्रिमले हान्‍ने योजना बनाएको भए पनि त्यो रोकिएको उनले बताए ।

म्याक्रोंमाथि थप्पड हानिएको घटनाको फ्रान्सका राजनीतिज्ञहरूले निन्दा गरेका छन् ।

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय