scheduleबुधवार आषाढ़ २ गते, २०७८

भारतमा कोरोना: दैनिक संक्रमितको संख्या घटेपनि मृतकको संख्यामा उचारचढाव

एजेन्सी, २८ जेष्ठ । भारतमा दैनिक रुपमा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या लगातार चौथो दिन एक लाखभन्दा कम पुष्टि भएको छ । तर संक्रमणबाट ज्यान गुमाउनेको संख्यामा भने उतारचढाव भइरहेको देखिन्छ ।

पछिल्लो २४ घण्टामा भारतभर ९१ हजार ७०२ जना नयाँ संक्रमित थपिएका छन् । योसँगै त्यहाँ हालसम्म कोरोना भाइरस पुष्टि हुनेको कुल संख्या २ करोड ९२ लाख ७४ हजार ८२३ पुगेको छ । त्यस्तै पछिल्लो २४ घण्टामा १ लाख ३४ हजार ५८० जना कोरोनामुक्त भएका छन् र हालसम्म निको हुनेको कुल संख्या २ करोड ७७ लाख ९० हजार ७३ पुगेको छ ।

दैनिक संक्रमितको संख्या नाटकीय रुपमा घटेपछि संक्रमणबाट ज्यान गुमाउनको संख्यामा भने उचारचढाव आइरहेको छ । भारतको केन्द्रीय स्वास्थ्य मन्त्रालयले दिएको जानकारी अनुसार पछिल्लो २४ घण्टामा ३ हजार ४०३ जनाको कोरोना संक्रमणबाट ज्यान गएको छ । योसँगै कोभिड-१९ बाट ज्यान गुमाउनेको संख्या ३ लाख ६३ हजार ७९ पुगेको छ ।

हिजो भारतमा कोरोराबाट ज्यान गुमाउनेको संख्या महामारी यताकै उच्च अर्थात् ६ हजार १४८ पुगेको थियो ।

दैनिक संक्रमितको संख्या ओरालो लागेसँगै सक्रिय संक्रमितको संख्या समेत निरन्तर घटिरहेको छ । हाल भारतमा सक्रिय संक्रमितको संख्या ११ लाख २१ हजार ६७१ रहेको छ । साथै, हालसम्म २४ करोड ६० लाख ८५ हजार ६४९ ले कोरोनाविरुद्धको खोप लगाएका छन् ।

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय