scheduleसोमवार जेष्ठ ३१ गते, २०७८

खगेन्द्र संग्रौला, नारायण वाग्लेलगायतका नागरिक अगुवा पक्राउ

काठमाडौं, २८ जेठ । नागरिक समाजका अगुवाहरु खगेन्द्र संग्रौला, नारायण वाग्लेलगायत २० जना पक्राउ परेका छन् ।

चिकित्सा शिक्षा आयोगमाथि राजनीतिक हस्तक्षेप भएको भन्दै बालुवाटारमा प्रदर्शनमा उत्रिएका उनिहरुलाई प्रहरीले नियन्त्रणमा लिएको हो ।

चिकित्सा शिक्षा आयोगमाथि राजनीतिक हस्तक्षेप भएको लगायतका विषयमा विरोध जनाउँदै प्रदर्शनमा उत्रिएका उनिहरुले ‘स्वास्थ्य सेवा हो व्यापार होइन, सरकार सेवक हो मालिक होइन’ लगायतका नारा लेखिएका प्लेकार्ड समेत बोकेका थिए ।

वालुवाटार अगाडि प्रदर्शनका क्रममा प्रहरीले नारायण वाग्ले, खगेन्द्र संगौला, युग पाठक र संजीव उप्रेतीलगायत २० जनालाई पक्राउ गरेको हो।

नागरिक आन्दोलनले सत्तानिकट व्यक्तिको मेडिकल कलेजलाई सम्बन्धन दिने सरकारको तयारीविरुद्ध प्रदर्शनको तयारी गरिरहेकै बेला नागरिक अगुवामाथि प्रहरी हस्तक्षेप भएको हो ।

हाल उनीहरूलाई महानगरीय प्रहरी वृत्त, कमलपोखरीमा राखिएको छ।

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय