scheduleसोमवार जेष्ठ ३१ गते, २०७८

शुक्रबार उपत्यकामा ९ सय ९० सवारी होल्डमा, खुकुलो पार्दै अझै निषेधाज्ञा थप्ने प्रशासनको तयारी

काठमाडाैं, २८ जेठ । कोरोना भाइरस संक्रमणको दोस्रो लहर फैलिएपछि काठमाडौं उपत्यकामा लगाइएको निषेधाज्ञा पनि जारी छ ।

पछिल्लो पटक उपत्यकामा थप गरिएको निषेधाज्ञा जेष्ठ ३१ गतेसम्म कायम रहने छ । त्यसपछि भने पुन एक साताका लागि खुकुलो पार्दै निषेधाज्ञा थप गर्ने तयारी प्रशासनको छ । दोश्रो चरणको कोरोना महामारीलाई नियन्त्रण र रोकथाम गर्न काठमाडौं, ललितपुर र भक्तपुर जिल्लामा निषेधाज्ञा जारी गरिएको थियो ।

यस्तै निषेधाज्ञाको अबज्ञा गरी चलाइएका ९ सय ९० ओटा सवारी साधनलाई शुक्रबार काठमाडौँ उपत्यकाका विभिन्न स्थानमा ट्राफिक प्रहरीले होल्ड गरेको छ । जसमा ७५५ ओटा दुई पाङग्रे, १८१ ओटा चारपाङ्ग्रे, ९ ट्याक्सी र ४५ ओटा ठुला सवारी साधन रहेको ट्राफिक महाशाखले जनाएको छ ।

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय