scheduleमगलवार आषाढ़ १ गते, २०७८

पाकिस्तानमा तीर्थयात्री सवार बस दुर्घटना, कम्तिमा १९ जनाको मृत्यु

एजेन्सी, २८ जेष्ठ । पाकिस्तानमा तीर्थयात्री सवार बस दुर्घटना भएको छ । शुक्रबार भएको उक्त दुर्घटनामा परी कम्तिमा १९ को ज्यान गएको छ ।

शुक्रबार बलुचिस्तान प्रान्तको खुजदार जिल्लामा भएको दुर्घटनामा परी कम्तिमा १९ जनाको मृत्यु भएको अन्तर्राष्ट्रिय समाचार माध्यमले जनाएका छन् । दुर्घटनामा ४८ जना घाइते भएका छन् । स्थानीय प्रहरी अधिकारी अफीज उल्लाह मेंगलले मृतक र घाइतेलाई नजिकैकै अस्पतामा लगिएको छ । घाइतेमध्ये केहीको अवस्था गम्भीर रहेको छ ।

सिन्ध प्रान्तको डाडु जिल्लास्थित एक सुफी धार्मिक स्थलको दर्शन गर्न गएका बलुचिस्तानका तीर्थयात्री सवार बस दुर्घटना भएको थियो । साँघुरो घुम्तिमा अनियन्त्रित भइ उक्त बस सडकबाट उछुट्टिएर पल्टिएको थियो ।

साँघुरो घुम्ति काट्ने क्रममा चालकले नियन्त्रण गुमाएको, बसमा क्षमताभन्दा बढी यात्रु सवार रहेको र केही यात्रु छतमा समेत रहेको समेत बताइएको छ ।

कमसल सडक र ट्राफिक नियमप्रतिको बेवास्ताका कारण पाकिस्तानमा बेलाबेला भयानक सडक दुर्घटना हुने गर्छन् ।

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय