scheduleमगलवार आषाढ़ १ गते, २०७८

आङै सिरिङ हुने हत्या: पतिलाई मारेपछि यस्तो सम्म गरिन्

एजेन्सी, २८ जेष्ठ । ब्राजिलमा आङ सिरिङ हुने एउटा घटना घटेको छ । समाचार अनुसार एक महिलाले विवाद बढ्दै गएपछि पतिको हत्या गरी गुप्ताङ्ग तेलमा पकाएकी थिइन् ।

डेली मेलका अनुसार ३३ वर्षीया क्रिस्टिना रोद्रिगेज मसाडोले विवाद बढ्दै गएपछि आफ्नै पतिको हत्या गरेकी हुन् । उनले हत्यापछि पतिको लिङ्गलाई टुक्राटुक्रा पारेर तेलमा पकाएको प्रहरीको भनाइ छ ।

हत्यालगत्तै मसाडोलाई जुन ७ गते साओ गोन्सालो सहरबाट पक्राउ गरिएको थियो । उनीमाथि हत्या गरेको आरोप लगाइएको छ ।

मसाडोले सान्ता क्याटारिनास्थित घरमा पतिको हत्या गरेर शरीरलाई क्षतविक्षत पारेकी थिइन् । प्रहरीका अनुसार मसाडोका पतिको नाम आन्द्रे रहेको छ । प्रहरीले उक्त घरबाट आन्द्रेको हत्या गरी शरीरलाई टुक्राटुक्रा पार्न प्रयोग गरिएको चक्कु समेत बरामद गरेको थियो ।

समाचार अनुसार मसोडा र आन्द्रेबीच सम्बन्ध विच्छेद गर्नेबारेमा भनाभन भएको र भनाभनपछि मसोडाले आन्द्रेको बिहान ४ बजेतिर हत्या गरेको प्रहरीको भनाइ छ । दुबैजनाको १० वर्ष पहिला विहे भएको थियो । मिलेर पिज्जा व्यवसाय गर्दै आएका उनीहरु दुई वर्षदेखि छुट्टै बस्दै आएका थिए । छुट्टै बस्दै आएपनि बेलाबेला दुबैजनाबीच भेट हुने गर्थ्यो ।

हत्या हुनुपूर्व दुबै जना एउटा बारमा सँगै गएका थिए । सोही क्रममा दुबैजनाबीच भनाभन भएको थियो । घर फर्केपछि समेत भनाभन भएको थियो । भनाभन हुँदै जाँदा आन्द्रेले हमला गर्न थालेपछि ‘आत्मरक्षाका लागि’ मसाडोले पतिलाई मारेको उनकी वकिल कार्ला पोलिकार्पोले बताइन् ।

तर आन्द्रेकी बहिनी एड्रियाना सान्टोसले आफ्ना दाईले धोका दिएकाले मसाडोले हत्या गरेको बताएकी छन् । दुबै जनाका आफन्तले समेत बेलाबेला उनीहरुबीच वादविवाद हुने गरेको बताएका छन् ।

मसाडो र आन्द्रेका ८ वर्षीय एक छोरा र ५ वर्षीय एक छोरी छन् । हत्याका बेलामा छोराछोरी घरमा थिए वा थिएनन् भनेर प्रस्ट भइसकेको छैन ।

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय