scheduleमगलवार आषाढ़ १ गते, २०७८

गण्डकी प्रदेश : मुख्यमन्त्रीमा दाबी गर्न दिइयो शनिबार ३ बजेसम्मको समय

काठमाडाैं, २८ जेठ । गण्डकी प्रदेशमा सरकार गठनका लागि शनिबार ३ बजेसम्मको समय दिइएको छ ।

प्रदेश प्रमुख सीता पौडेलले २४ घण्टाको समय दिएर प्रदेश सभामा विश्वासको मत प्राप्त गर्नसक्ने अवस्था भएमा संविधानको धारा १६८ को उपधारा (२) बमोजिमको प्रदेश सभाका सदस्यहरुलाई आह्वान गरेको प्रदेश प्रमुखको कार्यालयले जनाएको छ।

बैशाख २९ गते संविधानको धारा १६८(३) बमोजिम प्रदेश सभाको सबभन्दा ठूलो दलको संसदीय दलका नेताको हैसियतमा मुख्यमन्त्री नियुक्त भएका पृथ्वीसुब्बा गुरुङले बिहीबार विस्वासको मत लिएका थिए । ६० सदस्यीय प्रदेश सभामा उनले जम्मा २७ मत पाएपछि स्वत पदमुक्त भएका थिए ।

मुख्यमन्त्री पदमुक्त भएको खबर प्रदेश कार्यालय सचिवालयले शुक्रबार पठाएलगतै प्रदेश प्रमुख पौडेलले नयाँ सरकार गठनको प्रक्रिया सुरू गरेकी हुन् ।

 

 

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय