scheduleमगलवार आषाढ़ १ गते, २०७८

महाधिवेशन कार्यतालिका प्रभावित भएपछि देउवाले पदाधिकारी बैठक बोलाए

काठमाडौं, २८ जेठ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पदाधिकारी बैठक बोलाएका छन् । पार्टीको १४औं महाधिवेशन कार्यतालिका प्रभावित भएपछि सभापति देउवाले पार्टीको पदाधिकारी बैठक बोलाएका हुन् ।

शनिबार बोलाइएको बैठकमा महाधिवेशन कार्यतालिकाबारे छलफल हुनेछ । पूर्व निर्धारित कार्यतालिकाअनुसार असारमा वडा तहको अधिवेशन सुरु गर्नुपर्ने हुन्छ ।

महाधिवेशन नजिकिए पनि कांग्रेसले अहिलेसम्म क्रियाशील सदस्यताको टुंगो नै लगाउन सकेको छैन ।

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय