scheduleमगलवार आषाढ़ १ गते, २०७८

३१ सांसद लाइन लागेर पुगे प्रदेश प्रमुखको कार्यालयमा

काठमाडौं, २८ जेठ । गण्डकी प्रदेशका विपक्षी सांसदहरू नयाँ सरकार दाबी गर्न प्रदेश प्रमुखको कार्यालयमा पुगेका छन् ।

प्रदेश प्रमुख सीताकुमारी पौडेलक आजै २४ घन्टाको समय दिएर नयाँ सरकार गठन आह्वान गरे पछि उनीहरु त्यहाँ पुगेका हुन् । नेपाली कांग्रेसका संसदीय दलका नेता कृष्णचन्द्र नेपालीलाई भावी मुख्यमन्त्री बनाउन ३१ जना सांसद अहिले प्रदेश प्रमुखकहाँ पुगेका छन् ।

कांग्रेस, नेकपा माओवादी केन्द्र, जसपा, राष्ट्रिय जनमोर्चा र राजिव गुरूङसहित ३१ जना सांसद प्रदेश प्रमुखकहाँ पुगेका हुन् । ६० सदस्यीय गण्डकी प्रदेश सभामा बहुमत पुग्न ३१ जना चाहिन्छ ।

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय