scheduleमगलवार आषाढ़ १ गते, २०७८

टेस्लाद्वारा हालसम्मकै तीव्र गतिको विद्युतीय कार सार्वजनिक

एजेन्सी, २८ जेष्ठ । विद्युतीय कार कम्पनी टेस्लाका सिईओ एलन मस्कले हालसम्मकै सबैभन्दा तीव्र गतिमा गुड्न सक्ने इलेक्ट्रिक कार सार्वजनिक गरेका छन् ।

मस्कले बिहीबार क्यालिफोर्नियाबाट टेस्लाको एस प्लेइड (S Plaid) मोडेलको विद्युतीय कार सार्वजनिक गरेका हुन् । उक्त मोडेलको कार कम्पनीले हालसम्म बनाएको सबैभन्दा छिटो गुड्ने कार हो । कम्पनीका अनुसार यो कार दुई सेकेण्डभित्र 0 बाट ६० माइलको रेन्जमा पुग्न सक्छ । अर्थात् कार प्रतिघण्टा १ सय किलोमिटरका गतिले गुड्न सक्ने कम्पनीले जनाएको छ ।

टेस्लाको यो मोडेलमा एक पटक ब्याट्री चार्ज गरेपछि लामो दूरी समेत पार गर्न सकिन्छ । एक पटकको चार्जबाट एस प्लेइडमा ४ सय माइल (६४५ किलोमिटर) सम्म यात्रा गर्न सकिन्छ । त्यस्तै कारको अधिकतम गति प्रतिघण्टा ३२२ किलोमिटर रहेको छ ।

कम्पनीको वेभसाइटका अनुसार नयाँ कारको मूल्य १ लाख ३० हजार अमेरिकी डलर (करोड ५२ लाख नेपाली रुपैयाँ) निर्धारण गरिएको छ ।

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय