scheduleमगलवार आषाढ़ १ गते, २०७८

देउवाले बोलाए पदाधिकारी बैठक

काठमाडाैं, २७ जेठ । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले पार्टी पदाधिकारी बैठक बोलाएका छन् । आफ्नै निवास बुढानिलकण्ठमा शनिबार दिउँसो २ बजे बस्ने गरी देउवाले पदाधिकारी बैठक बोलाएका हुन् ।

१४ औं महाधिवेशन तथा समसामयिक राजनीतिक घटनाक्रमबारे छलफल गर्न पार्टी पदाधिकारी बैठक बोलाइएको बताईएको छ । काँग्रेसले भदौ ७ देखि १० सम्म काठमाडौंमा महाधिवेशन गर्ने भनेको छ ।

तर क्रियाशील सदस्यता वितरण तथा नवीकरणका काम केही जिल्लामा अझै सकिएको छैन । महामारीका बीच पनि महाधिवेशन गर्न वरिष्ठ नेता रामचन्द्र पौडेल लगायत नेताहरूले सभापति देउवाको ध्यानाकर्षण गराउँदै आएका छन् । सभापति देउवाले पनि भदौमै महाधिवेशन गर्न आफू प्रतिवद्ध रहेको बताउँदै आएका छन् ।

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय