scheduleबुधवार आषाढ़ २ गते, २०७८

गण्डकी प्रदेश प्रमुखले ‘अति’ गरेको कांग्रेस उपसभापति निधिको आरोप

काठमाडौं, २८ जेठ । नेपाली कांग्रेसका उपसभापति बिमलेन्द्र निधिले गण्डकी प्रदेश प्रमुखले समयमै मुख्यमन्त्रि नियुक्त नगरेर निर्वाचन परम्पराको उल्लंघन गरेको आरोप लगाएका छन् ।

कांग्रेस संसदीय दलका नेता कृष्णचन्द्र नेपालीलाई मुख्यमन्त्री बनाउन समर्थन जनाउँदै गण्डकी प्रदेश प्रमुख सीताकुमारी पौडेलसमक्ष विपक्षी गठबन्धनले बुझाएको ३१ सांसद सशरीर उपस्थित भएका छन् । तर, ३१ जना सांसदकै हस्ताक्षर सनाखत गरिएपछि पनि मुख्यमन्त्रि नियुक्तिमा ढिलाई गरेको भन्दै निधिले आपत्ति व्यक्त गरेका हुन् ।

‘गण्डकी प्रदेशमा बहुमत पुग्ने ३१ जना सदस्यसहित उपस्थित भएपनि कृष्णचन्द्र नेपालीलाई मुख्यमन्त्रीमा तत्काल नियुक्ति नगरी भोलिसम्म म्यादकै कारण पर्खनु लोकतन्त्र र निर्वाचन परम्पराको उल्लंघन हो,’ शुक्रबार साँझ उनले लेखेका छन्, ‘चुनावमा सबै मतदाताले मतदान गरिसकेपछि मतपेटिका सिल गर्न ५ बजेसम्म पर्खने चलन छैन । अति भय‍ो !’

मुख्यमन्त्रीमा दाबी प्रस्तुत गरेका नेपालीले प्रदेश प्रमुखलाई सजिलो होस् भनेर सशरीर उपस्थित भएकोले सनाखत गर्न आग्रह गरेका थिए । ‘सनाखत कर्मचारीको अगाडि गराऔं कि हजुरकै अगाडि’ भन्ने सांसदको प्रश्नमा प्रदेश प्रमुख पौडेलले ‘सनाखत भोलि गरौंला ‘ भन्ने जवाफ दिएकी थिइन् ।

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय