scheduleबुधवार आश्विन १३ गते, २०७८

९ दिन सर्ने भयो कांग्रेस महाधिवेशन, भदौ १६ गते गर्ने निर्णय

काठमाडौं, २९ जेठ । नेपाली कांग्रेसले पार्टीको १४औं महाधिवेशन भदौ १६ गते हुने भएको छ । शनिबार बसेको कांग्रेसको पदाधिकारी र पूर्वपदाधिकारीको बैठकले भदौ १६ देखि १९ गतेसम्म महाधिवेशन सम्पन्न गर्ने निर्णय गरेको हो । यसअघि महाधिवेशन भदौ ७ देखि १० गतेसम्म सक्ने तय भएको थियो ।

बैठकमा सभापति देउवाले महाधिवेशन जसरी पनि गरेरै छाड्ने बताए । बैठकले वडा अधिवेशन भने एक महिना ढिला गर्ने भएको छ । अधिवेशनको नयाँ मिति साउन ६ बाट सुरु गर्नेगरी महामन्त्रीको प्रस्ताव गरेका हुन् ।

यसअघि असार ७ बाट वडा तहको अधिवेशन सुरु गर्न सक्ने बताइएको थियो । सो समयमा अधिवेशन गर्ने अवस्था नभएको भन्दै महामन्त्रीले कार्यतालिका संशोधन गर्न प्रस्ताव पेश गरेका छन् ।

क्रियाशील सदस्यता छानविनको म्याद २० असारसम्म थप गर्ने प्रस्ताव आएको सहमहामन्त्री डा. प्रकाशशरण महतले जानकारी दिए । यो अवधिमा बाँकी रहेको क्रियाशील सदस्यता वितरण तथा नवीकरणका साथै छानविन सक्ने प्रस्ताव आएको उनले जानकारी दिए ।

त्यसलाई २४ जेठभित्र केन्द्रीय कार्यसमितिबाट अनुमोदन गर्ने र साउन ६ बाट वडा तहको अधिवेशन गर्ने प्रस्तावमा उल्लेख छ ।

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय