scheduleशुक्रवार आश्विन १ गते, २०७८

सूचना प्रविधिमा क्षेत्रमा चीनको अत्यधिक लगानी

बेइजिङ, ३० जेठ । सूचना प्रविधि (आईटी) क्षेत्रमा चीनको खर्च वर्षको १० प्रतिशतले बढेर २०२१ मा २.२१ ट्रिलियन युआन (करिब तीन खर्ब ४६ अर्ब १० करोड अमेरिकी डलर) पुगेको चीनद्वारा जारी औद्योगिक रिपोर्टमा बताइएको छ ।

कोभिड–१९ को महामारीको प्रकोपले इन्टरनेट क्षेत्रमा खर्च बढेको रिपोर्टमा बताइएको छ । चीनले टेलि–मेडिकेयर र टेलि शिक्षाको विकासलाई बढावा दिँदै गएको ग्लोबल मार्केट रिसर्च फर्म इन्टरनेसनल डाटा कर्पोरेशन (आईडीसी) ले जनाएको छ ।

चिनियाँ सरकारले यस वर्ष आफ्नो १४ औं पञ्चवर्षीय योजना कार्यान्वयन गर्न शुरू गरेको छ । चीनले आगामी वर्षहरूमा प्रबिधि विकासको खर्चलाई बृद्धि गर्ने आईडीसीले जनाएको छ ।

तथ्याङ्क अनुसार झेजियांग, जियाङ्सु र आन्हुई र शाङ्घाई नगरपालिका प्रान्तहरूमा रहेको याङ्जे नदी डेल्टा क्षेत्रले २०२१ मा आईटीका लागि ५१८ अर्बभन्दा बढी खर्च पुर्‍याएको छ । सिन्ह्वा

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय