scheduleबिहिवार श्रावण १४ गते, २०७८

पूर्वप्रधानमन्त्री खनाल अस्वस्थ, नर्भिकको इमर्जेन्सीमा भर्ना

काठमाडौं, ३१ जेठ । पूर्वप्रधानमन्त्री एवं नेकपा एमालेका वरिष्ठ नेता झलनाथ खनाललाई स्वास्थ्य समस्या देखिएको छ । नेता खनाललाई अहिले अस्पताल भर्ना गरिएको छ ।

चार दिनदेखि लगातार ज्वरो आएपछि नेता खनाललाई सोमबार बिहान थापाथलीस्थित नर्भिक अस्पताल भर्ना गरिएको हो । अस्पतालका प्रवक्ता सोमनाथ बाँस्तोलाले भने, ‘चार पाँच दिनदेखि ज्वरो आएर उहाँ अहिले अस्पतालको इमर्जेन्सीमा भर्ना हुनु भएको छ, जाँच चलिरहेको छ। उहाँलाई रगतको कमी देखिएको प्रारम्भिक जाँचमा देखिएकाे छ।’

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय